close

यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे ।

बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।

निर्धारित ९० मिनेटमा खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो ।

यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ । बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले हराएको थियो ।