close

बालोन डि'ओरको मनोनयन सार्वजनिक, परेनन् मेस्सी र नेयमार

बालोन डि'ओरको मनोनयन सार्वजनिक, परेनन् मेस्सी र नेयमार

Trulli
ADVERTISEMENT

काठमाडौं । यस वर्षको बालोन डि'ओरको मनोनयन सार्वजनिक भएको छ ।  सर्वाधिक ७ पल्टको बालोन डि’ओर विजेता लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार भने टिमा पर्न असफल भएका छन् । 

फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा २ स्टार मनोनयनमा पर्न असफल भएका हुन् । 

मनोनयनमा परेका खेलाडी

क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड),
रोबर्ट लेवान्डोस्की (बार्सिलोना/बायर्न म्युनिख),
केलियन एमबाप्पे (पिएसजी), 
करिम बेन्जेमा (रियल म्याड्रिड), 
ह्यारी केन (टोटेनहम), 
थिवाउट कोर्टुवा (रियल म्याड्रिड),
भिनिसियस जुनियर (रियल म्याड्रिड),
क्यासमिरो (रियल म्याड्रिड), 
लुका मोड्रिच (रियल म्याड्रिड), 
एन्टेनियो रुडिगर (रियल म्याड्रिड/चेल्सी), 
मोहम्मद सलाह (लिभरपुल), 
ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल),
 लुयस डियाज (लिभरपुल), 
फाविन्हो (लिभरपुल), 
डार्विन नुनेज (लिभरपुल/बेन्फिका)
भर्जिल भान डाइक (लिभरपुल),
रियाद महारेज (म्यानचेस्टर सिटी),
बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), 
फिल फोडेन (म्यानचेस्टर सिटी), 
केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), 
क्यान्सेलो (म्यानचेस्टर सिटी), 
एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/डर्टमुन्ड),
ह्युङ मिन सन (टोटेनहम), 
योसुवा किम्मिख (बायर्न म्युनिख), 
साडियो माने (बायर्न म्युनिख/लिभरपुल),
राफयल लियो (एसी मिलान), 
मेक मेइगनान (एसी मिलान), 
क्रिस्टोफोर एनकुकु (लाइप्जिग), 
हालेर (डर्टमुन्ड) र 
डुसान भ्लाहोभिक (युभेन्ट्स)