close

नेपालको जितसँगै श्रृंखला बराबरीमा

नेपालको जितसँगै श्रृंखला बराबरीमा

Trulli
ADVERTISEMENT

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सँग तीन खेलको एक दिवसीय अन्तराष्ट्रिय शृंखला नेपालले १-१ को बराबरीमा ल्याएको छ।

पहिलो खेलमा ८४ रनले पराजित नेपालले बुधबार सम्पन्न दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पार्दै श्रृंखलामा बराबरी गरेको हो। यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले  ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो।

एक समय हार नजिक पुगेको नेपालको सातौँ विकेटका लागि गुल्सन झा र आरिफ शेखले ६२ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। आरिफ शेख ३३ र सोमपाल कामी १६ रनमा नटआउट रहे।

म्यान अफ द म्याच गुल्सन ३७ रनमा क्याच आउट भए। कुशल भुर्तेलले ३५ रन बनाए। ज्ञानेन्द्र मल्लले २६ रन थपे। दीपेन्द्र सिंह ऐरी १३ रनमा बोल्ड आउट भए। कप्तान रोहित पौडेल ८ रनमा रनआउट भए। आशिफ शेख ६ र अर्जुन साउद शून्य रनमा आउट भए। रोहन मुस्ताफाले ३ विकेट लिए। हज्रत बिलालले २ तथा बसिल हमिदले १ विकेट झारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएई ४३.२ ओभरमा १९१ रन बनाउँदा अलआउट भयो।

यूएईका ओपनर मुहम्मद वसिम र वृत्य अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे।  अरविन्द २५ रन बनाउँदा पवेलियन फर्के। ३९ बलको सामना गरेका उनले ४ चौका हाने।

अर्का ओपनर वसिमले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। अलिसान सराफुले ३५, वसिर अमिदले २४ र कप्तान सीपी रिजवान २२ रन थपे। विष्णु सुकुमारमले १५ रन बनाए।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ४१ रन खर्चे। सोमपालले ७.२ ओभरमा ३५ रन दिए। करण केसी, गुल्सन झा, दिपेन्द्र सिंह एरि र कुशल भुर्तेलले समान १ विकेट लिएका थिए।