close

प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौँ । तारकेश्वर नगरपालिकामा प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा माघ १२ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको हो । 

नगरपालिकाको अनुसार प्रतियोगितामा  हिम रश्मी हाई स्कूल प्रथम भएको छ । स्कूलले एक लाख रुपैँया तथा स्वर्ण पदक पुरस्कार हासिल गरेको छ । लालिगुराँस नेशनल एकेडेमी स्कूल, किन्डर गार्डेन स्कूल, एञ्जल हार्ट मावि क्रमश दोस्रो, तृतीय र चौथो भएको छ । विजेता विद्यालयले क्रमश ६० हजार, ४० हजार र २० हजार रुपैयाँ र स्वर्ण पदक हासिल गरेको नगरपालिकाले जनाएको छ । 

  प्रतियोगितामा ३४ वटा विद्यालयका करिब २००० विद्यार्थीहरुको सहभागीता रहेको नगरपालिकाले बताएको छ । उक्त प्रतियोगितामा फुटबल, भलिबल, मार्सालाट, एथलेटिक्स, कबडि खेलका ६४ विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए