close

क्रिकेट खेलाडीलाई प्रशिक्षण दिदैँ पचरौता

क्रिकेट खेलाडीलाई प्रशिक्षण दिदैँ पचरौता

Trulli
ADVERTISEMENT

बारा । पचरौता नगरपालिकाले क्रिकेट खेलाडीलाई देश तथा विदेशमा प्रशिक्षण दिने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै खेलाडीलाई प्रशिक्षण दिने जनाएको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुने खेलाडीलाई पालिकाले केही अनुदान दिने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन अनुरोध गरिएको छ । आवश्यक कागजातसहित पालिकामा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।