close

स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता

स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता

Trulli
ADVERTISEMENT

दाङ। गढवा गाउँपालिकाको स्थापना दिवस मनाएको छ । गाउँपालिकाले स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो। जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा फागुन २७ देखि ३० गतेसम्म उक्त प्रतियोगिता भएको हो। 

बुधबार एक कार्यक्रमको बीचमा गाउँपालिकाले खेलकुद प्रतियोगिताको समापन गरेको छ । कार्यक्रम समापनको अवसरमा अन्तर पालिकास्तरीय मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगितामा लमही नगरपालिकाले पेनाल्टी सुटआउटमा आयोजक गढवा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको टोलीलाइ हराएको गढवा गाउँपालिकाले जनाएको छ । 

यस्तै,  चारदिन विभिन्न प्रतियोगितामा विजेता खेलाडी र टोलीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कार वितरण गरिएको छ । साथै गढवा गाउँपालिकाका विभिन्न खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत खेल खेलि सकेका खेलाडीहरुलाई स्थापना दिवसको अवसरमा सम्मान गरेको गाउँपालिकाले जनाएको छ।