close

छत्रकोटद्वारा क्रिकेटर अर्जुन कुमाल सम्मानित

छत्रकोटद्वारा क्रिकेटर अर्जुन कुमाल सम्मानित

Trulli
ADVERTISEMENT

गुल्मी। छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । गाउँपालिकाका बासिन्दा तथा १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका कुमाललाई गाउँपालिकालले नगदसहित आइतबार सम्मान गरेको हो ।

उनलाई गाउँपालिकाले नगद ५० हजारसहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ। छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

क्रिकेट खेलमार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस भनेर सम्मान गरिएको पालिकाअध्यक्ष पाण्डेको भनाइ छ।