close

राष्ट्रिय टिमका खेलाडी किरण केसी सम्मानित

राष्ट्रिय टिमका खेलाडी किरण केसी सम्मानित

Trulli
ADVERTISEMENT

कास्की । पोखरामा क्रिकेटका राष्ट्रिय टिमका खेलाडी किरण केसीलाई सम्मान गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी पोखरा महानगरपालिका १३ उनलाई सम्मान गरेको हो । 

खेलाडी केसीलाई वडा नम्बर १३ का वडाअध्यक्ष किरण बरालले सम्मानपत्र सहित सम्मान गरिएका हुन्  । उनीसँगै अन्य खेलाडीलाई समेत खेल क्षेत्रमा हौसला बढाउनका लागि सम्मान गरेको उनले बताए । 

वडाध्यष बरालका अनुसार केसीसँगै उनका हजुरआमा र आमालाई सम्मान गरिएको छ ।