close

गल्याङ नगरपालिकाको वडा नम्बर १ सिल  

गल्याङ नगरपालिकाको वडा नम्बर १ सिल  

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर- १ सिल गरिएको छ । कोरोना भाइरसबाट सतर्कता अपनाउन यो वडा सिल गरिएको हो । 

 

साविकको मालुङ्गा गाविसमा पर्ने यस ठाउँका एक व्यवसायीमा कोरोना संक्रमण देखिएपछि बजारसहित सबै कुरा बन्द गर्नुपरेको वडा अध्यक्ष तथा गल्याङ नगरपालिकाका प्रवक्ता गणेश बस्यालले जानकारी दिए ।

 

दैनिक उपभोग्य वस्तुको सेवा दिने व्यवसाय संचालन गरिरहेका ती व्यक्तिमा कोरोना संक्रमण देखिएको बताइएको छ । मालुङ्गा क्षेत्रमा १२ मंसिर शुक्रबारसम्मका लागि बजारसहित शैक्षिक संस्था र सबै कार्यालय बन्द गरिएको छ ।

 

गल्याङ नगरपालिका स्वास्थ्य शाखाले मालुङ्गा क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गर्ने जनाएको छ । स्वास्थ्य शाखा प्रमुख पदमप्रसाद पाण्डेले कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्र गतिमा अगाडि बढाउने बताए ।