close

जैमिनी नगरपालिका बन्द

जैमिनी नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङको जैमिनी नगरपालिकाले चार दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । शनिबार एउटा सूचना प्रकाशन गर्दै नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा चार दिनका लागि बन्द गरेको हो ।


कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्नुपरेको नगरपालिकाले बताएको छ ।


कन्ट्याक ट्रेसिङ र संक्रमण थप फैलिन नदिन चार दिन कार्यपालिकाको कार्यालयका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिए । अत्यावश्यक सेवा भने संचालनमा रहने उनको भनाइ छ ।


नगरपालिका कार्यपालिका आसपासका शैक्षिक संस्थासमेत १७ मंसिरसम्मका लागि बन्द भएका छन् । नगरपालिका कर्मचारीको सम्पर्कमा शिक्षक, विद्यार्थीसमेत रहेको आशंकामा विद्यालयहरूले केही दिनका लागि पढाइ बन्द गर्ने जनाएका हुन् ।

 

शान्ति माध्यमिक विद्यालय र हिमालयन आवासीय माध्यमिक विद्यालयमा शैक्षिक गतिविधि रोकिएका हुन् ।


शान्ति माध्यमिक विद्यालयमा चलिरहेको कक्षा १२ को परीक्षा भने नरोकिने प्रधानाध्यापक यामबहादुर जीसीले बताए ।