close

१३ हजार ९३ जना प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

१३ हजार ९३ जना प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो ।

 

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।