close

बहुतले मेकानिकल पार्किङमा लगानी गर्न नगर विकास कोषको प्रस्ताव आव्हान

बहुतले मेकानिकल पार्किङमा लगानी गर्न नगर विकास कोषको प्रस्ताव आव्हान

Trulli
ADVERTISEMENT

काठमाडौं- नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको नगर विकास कोषले काठमाडौंमा बहुतले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ। उपत्यकामा हुने अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए। 

 

उक्त परियोजनामा लगानी गर्नका लागी काठमाडौं महानगरपालिका भित्र कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्नेछ। आयोजना निर्माण गर्न इच्छुक स्थानीयतह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिनभित्र आवश्यक कागजात सहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने बताइएको  छ। 

 

काठमाडौंका थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी,कुलेश्वर,बल्खुलगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोर प्रवेशमार्ग भएको भित्रि जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने  कोषले जनाएको छ।

 

प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि,प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ।