close

मालिका गाउँपालिकाले प्रविधिमा आधारित प्रोफाइल निर्माण गर्ने

मालिका गाउँपालिकाले प्रविधिमा आधारित प्रोफाइल निर्माण गर्ने

Trulli
ADVERTISEMENT

गुल्मी । मालिका गाउँपालिका गुल्मीले गाउँपालिका भित्र रहेका सम्पुर्ण घरपरिवारको वस्तुगत विवरण संकलन गरी सूचना प्रविधिमा आधारित प्रोफाइल निर्माण गर्ने भएको छ ।

घरपरिवारको वस्तुगत विवरण संकलनका लागि घरदैलोमा गणकहरु खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त भण्डारीले पालिकाखबरलाई बताए ।

गाउँपालिकाले सूचना जारी गर्दै विवरण संकलन गर्ने क्रममा नागरिकता, जग्गा धनीप्रमाण पुर्जा, पारिवारिक लगायतका विवरण गणकहरुलाई उपलब्ध गराई सहयोग गरदिन सम्पूर्ण स्थानीयलाई अनुरोध समेत गरेको छ ।

सूचना हेर्नुहोस्:

मालिका गाउँपालिकाको जरुरी सूचना

यस मालिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका सम्पूर्ण घरपरिवारको वस्तुगत विवरण संकलन गरी सूचना प्रविधिमा आधारित प्रोफाइल निर्माण गर्ने कार्य सञ्चालन गरेको हुदाँ उक्त विवरण संकलन कार्यको लागि तपाईंहरुको घरदैलोमा गाउँपालिकाबाट खटिएका गणकहरु मिति २०७९ ।०३ । १९ गते देखि आउनुभएको छ । उक्त कार्यको लागि आफ्नो नागरिकता, जग्गा धनीप्रमाण पुर्जा, पारिवारिक लगाएतका विवरणहरु गणकहरुलाई उपलब्ध गराई सहयोग गर्नुहुन मालिका गाउँपालिकावासी नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौं ।

(प्रमुख प्रशासकीय अधिकृत)
चन्द्र कान्त भण्डारी