close

रम्भा गाउँपालिकामा कोभिडबाट मृत्यु भएकाको परिवारलाई राहत वितरण

रम्भा गाउँपालिकामा कोभिडबाट मृत्यु भएकाको परिवारलाई राहत वितरण

Trulli
ADVERTISEMENT

पाल्पा । रम्भा गाउँपालिकाले कोभिड-१९ संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत वितरण गर्ने भएको छ । 

गाउँपालिकाले मंगलबार सूचना प्रकाशित गरी आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

रम्भा गाउँपालिकाले कोभिड संक्रमणका कारण मृत्यु भएका १८ जनाको नाम प्रकाशित गरेको छ । 

मृतकका नजिकका हकदारलाई राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले पालिकाखबरलाई जानकारी दिए ।

राहत लिन पेश गर्नुपर्ने कागजातः

- कोभिड संक्रमणबाट मृत्यु भएको प्रमाणित कागजात (कोभिड पोजेटिभ रिपोर्ट पिसिआर अथवा एन्टिजेन टेस्ट)

- मृतकको नागरिकताको प्रतिलिपि

- मृत्यु दर्ताको प्रमाण पत्र

- नाता प्रमाणित

- हकदारको नागरिकताको प्रतिलिपि

- हकदारको खाता नम्बर (चेकको फोटोकपी)

- हकदारको निवेदन

- वडा कार्यालयको सिफारिस