close

बर्दिबास नगरपालिकामा रोजगारीको अवसर

बर्दिबास नगरपालिकामा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

महोत्तरी । बर्दिबास नगपालिकाले करार सेवामा आवेदन माग गरेको छ ।

श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) अन्तर्गत रोजगार सेवा केन्द्रको लागि रोजगार सहायक पदमा (एक जना) आवेदन माग गरिएको हो ।  

नगरपालिकाले योग्यता पुगेका इच्छुक नागरिकबाट १५ दिनभित्र दर्खास्त आह्वान गरेको छ । 

साउन ११ गतेसम्म आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ । आवेदन दस्तुर ५०० रुपैयाँ तोकिएको छ ।

लिखित, प्रयोगात्मक तथा अन्तरवार्ताबाट एक जनालाई छनोट गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मनिन्द्र जोशीले जानकारी दिए ।

आवश्यक न्यूनतम योग्यता र अनुभवः

- मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण गरेको

- १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको

- आधारभुत कम्प्युटर सीप सम्बन्धि कम्तीमा तीन महिनाको तालिम लिएको

आवश्यक कागजातः

- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- शैक्षिक योग्यताको प्रमाणपत्र

- अनुभव खुल्ने कागजात

- दुई प्रति पासपोर्ट आकारको फोटो

नगरपालिकाले हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालनको लागि पनि कर्मचारीको माग गरेको छ ।

जसअन्तर्गत मनोसामाजिक परामर्शकर्ता एक जना, वित्तीय साक्षरता सहजकर्ता एक जना र रिटर्नी स्वयंसेवक(आंशिक) तीन जना छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।