close

बाख्राको खोर निर्माणका लागि गाउँपालिकाको सूचना

बाख्राको खोर निर्माणका लागि गाउँपालिकाको सूचना

Trulli
ADVERTISEMENT

गोरखा । भिमसेन थापा गाउँपालिकाले सुधारिएको बाख्राको खोर निर्माणका लागि निवेदन आह्वान गरेको छ ।

गाउँपालिकाको समन्वय तथा सिआरएस नेपालको आर्थिक सहयोगमा कोभिड-१९ आपतकालीन प्रतिकार्य तथा पुनर्लाभ परियोजना सिइआरआरपी अन्तर्गत सुधारिएको बाख्राको खोर निर्माणका लागि किसान छनोटका लागि पालिकाले निवेदन आह्वान गरेको हो ।

सुधारिएको बाख्राको खोर निर्माणका लागि आवश्यक मापदण्ड पूरा गरी किसानले निवेदन आव्हान गर्न सक्नेछन् । सात दिनभित्र वडा कार्यालयमा निवेदन पेश गर्न गाउँपालिकाले सूचना जारी गरेको छ ।

छनोट सम्बन्धी आधार यस्ता छन्ः

- नियमित रुपमा कम्तीमा पााचवटा भन्दा बढी बाखा पालेको हुनुपर्ने

- कोभिड१९ बाट प्रभावित भएको तथा विस्थापित भएका व्यक्तिहरु प्राथमिकतामा रहनुपर्ने

- गाउँपालिका तथा अन्य संघसंस्थाबाट तत्काल कुनै सहयोग प्राप्त नगरेको हुनुपर्ने

- बाख्रापालनप्रति रुची तथा चासो भएको हुनुपर्ने

- गरिब, दलित, एकल महिला तथा पछाडि पारिएका वर्गको व्यक्तिलाई प्राथमिकतामा राखिने