close

शिवराज नगरपालिकाको कार्यपालिका बैठक पनि प्रत्यक्ष प्रशारण

शिवराज नगरपालिकाको कार्यपालिका बैठक पनि प्रत्यक्ष प्रशारण

Trulli
ADVERTISEMENT

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरेको छ । 

काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि  कार्यपालिका को प्रत्यक्ष प्रशारण आजैबाट सुरु भएको उपमेयर शिवकुमारी चौधरीले जानकारी दिइन् । 

उनका अनुसार आजैबाट यतिखेर कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण भइरहेको छ । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरेको उपमेयर चौधरीको  भनाइ छ ।