close

पाटनमा भोलि सार्वजनिक बिदा

पाटनमा भोलि सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

बैतडी । पाटन नगरपालिकाले भोलि (बुधबार) सार्वजनिक विदा दिएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै  सार्वजनिक बिदा दिएको हो । 

सूचनाअनुसार नगरपालिकाको वडा नम्बर २ स्थित श्रीमहारुद्र मन्दिरमा  मंगलबार बेलुका र बुधबार बिहान मेला लाग्ने भएकाले नगरप्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो । 

सो दिन पालिकाअन्तर्गतका सरकारी तथा गैर सरकारी संस्था र शैक्षिक संस्था बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ ।