close

कालिका नगरपालिकामा कार्यालय समय परिवर्तन

कालिका नगरपालिकामा कार्यालय समय परिवर्तन

Trulli
ADVERTISEMENT

काठमाडौं । कालिका नगरपालिकाले कार्यालय समय परिवर्तन भएको  छ ।

नगरपालिकाले एक सूचना जारी गरी २०७४ चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम कार्यालय समय परिवर्तन भएको जानकारी गराएको हो । 

यही कातिक १६ देखि माघ १५ सम्म कालिका नगरपालिका, नगरकार्यपालिकाको कार्यालय वडा कार्यालय, आधारभूत इकाइ सञ्चालन समय परिवर्तन भएको जारी सूचनामा उल्लेख छ । 

अब आइतबारदेखि बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन हुने जारी सूचनामा उल्लेख छ । 

यस्तै, नगरपालिकाले रोजगार सहायक पाँचौ तहमा करारमा पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ । १८ वर्ष उमेर पुगेका, ४५ वर्ष ननाघेकाले दर्खास्त दिनसक्ने नगरपालिकाले जनाएको छ ।