close

आफ्नै लोगो प्रयोगमा ल्याउदै विराटनगर

आफ्नै लोगो प्रयोगमा ल्याउदै विराटनगर

Trulli
ADVERTISEMENT

मोरङ। विराटनगर महानगरपालिकाले आफ्नो लागो प्रयोगमा ल्याउने भएको छ । आइतबार एक सूचना जारी गर्दै पालिकाले लोगो प्रयोगमा ल्याउने जनाएको हो । 

सूचना अनुसार पालिकाको लोगो निर्माणको लागि इच्छुक व्यक्तिहरुले  महानगरपालिकामा सम्पर्क गर्न सक्नेछन् । लोगो डिजाइन गर्न इच्छुक व्यक्ति वा संस्थाले पालिकाको सर्तमा रहेर डिजाइन गरी आफै उपस्थित भई वा हुलाक वा पालिकाको इमेल मार्फत पेश गर्न सक्नेछन् । 

सूचना अनुसार इच्छुक व्यक्तिले २१ दिनभित्र लोगोसहित पालिकामा सम्पर्क गर्न सक्नेछन् । छनोटमा परेको उत्कृष्ट लोगोलाई पालिकाले प्रयोगमा ल्याउने छ । उत्कृष्ट लोगोलाई एक लाख पुरस्कारको समेत व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।