close

सुस्ता सरकारको बैंकका लागि आव्हान

सुस्ता सरकारको बैंकका लागि आव्हान

Trulli
ADVERTISEMENT

नवलपरासी । सुस्ता गाउँपालिकाले नवलपरासीमा शाखा स्थापना गरी सञ्चालन गर्न चाहने बैंकहरुका लागि प्रस्ताव  आव्हान गरेको छ । पालिकाले एक सूचना जारी गर्दै शाखा सञ्चालनको लागि बैंकहरुलाई आव्हान गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९/०८०को स्वीकृत कार्यक्रम अनुसार पालिकाभित्रका छोरीहरुको आर्थिक सामाजिक सुरक्षाको लागि छोरी सुनौलो भविष्य कार्यक्रम सञ्चालनको लागि शाखा स्थापनाका लागि आव्हान गरेको हो । 

इच्छुक बैंकले सो कार्यक्रम अनुसार २५ हजारको २० वर्षपछि निकाल्नको लागि आवश्यक प्रावधान, साँवा र व्याजसहित सूचना प्रकासित भएको पन्ध्र दिनभित्र पेश गर्नुपर्ने पालिकाले जनाएको छ । 

कार्यक्रम अनुुसार पालिकाले नवजात छोरीका नाममा खाता खोली २५ हजार रुपैया जम्मा गरी बीस वर्ष पछि एकमुष्ट निकाल्न पाउने प्रावधान रहेको छ ।