close

इन्डक्सन चुल्हो खरिदको लागि बोलपत्र आव्हान

इन्डक्सन चुल्हो खरिदको लागि बोलपत्र आव्हान

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले सुधारिएको चुल्हो (इन्डक्सन चुल्हो) खरिदको लागि बोलपत्र आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दे इच्छुक व्यक्ति र संस्थाको लागि सो आव्हानमा सहभागी हुन अनरोध गरेको छ । 

सुचना अनुसार आर्थिक वर्ष २०७९/०८० का लागि बागमति सरकारले पूँजीगत सर्शत अनुदान अन्तर्गत स्थानीय विपन्न गरिब परिवारलाई सहयोग गर्न सुधारिएको चुल्हो खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त कम्पनी वा संस्थालाई दर्ता गर्न सक्ने छन् । 

कार्यक्रममा सहभागी हुनका लागि ०७८ /०७९ को कर चुक्ता प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ ।