close

खयन आलु उत्पादन कार्यक्रममा सहभागी हुन भीमफेदीको अनुरोध

खयन आलु उत्पादन कार्यक्रममा सहभागी हुन भीमफेदीको अनुरोध

Trulli
ADVERTISEMENT

मकवानपुर । भीमफेदी गाउँपालिकाले खयन आलु उत्पादन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति वा संस्थाले पुष ८ गतेभित्र गाउँपालिकाको कार्यलयमा आवेदन दिन सक्ने छन् । 

सूचना अनुसार ५० प्रतिशत अनुदानमा सो कार्यक्रममा सहभागी हुन सक्नेछन् । पाँच वर्षको योजनासहित आवश्यक कागजात, वडा कार्यालयको सिफारिसमा निवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।