close

ईश्वरपुर नगरपालिकामा जागिरको अवसर

ईश्वरपुर नगरपालिकामा जागिरको अवसर

Trulli
ADVERTISEMENT

सर्लाही । ईश्वरपुर नगरपालिकाले करार सेवामा नगरप्रहरीको लागि दरबन्दी आव्हान गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ७ जनाको लागि दरबन्दी आव्हान गरेको छ ।
 
सूचना अनुसार ६ जना नगर प्रहरी जवान र एक जना सहायक नगरप्रहरी निरिक्षकको लागि दरखास्त आव्हान गरेको छ । इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र व्यक्तिगत विवरणसहित १५ दिनभित्र नगरपालिकामा आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

१८ पुरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्ने पालिकाले जनाएको छ ।