close

लेखापरिक्षण गर्नका लागि रंगेली सरकारको आव्हान

लेखापरिक्षण गर्नका लागि रंगेली सरकारको आव्हान

Trulli
ADVERTISEMENT

मोरङ । रंगेली नगरपालिकाले सामुदायिक विद्यालयको लेखापरिक्षण गर्नको लागि आव्हान गरेको छ । शुक्रबार नगरपालिकाले एक सूचना गरी पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको लेखा परिक्षण गर्नको लागि व्यवसाय तथा फर्महरुलाई अनुरोध गरेको हो । 

सूचना अनुसार सामुदायिक विद्यालयको २०७८ र ०७९ सम्मको  लेखापरिक्षण गर्नुपर्ने भएकोले इच्छुक फर्म, व्यवसाय तथा संस्थाले पालिकामा सम्पर्क गर्न सक्नेछन् । 

आगामी मंसीर २३ गतेभित्र आवश्यक कागजातसहित पालिकामा राजस्व शाखामा ५०० रुयैयाँको भौचर बुझाएर निवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।