close

अतिक्रमण गरी बनाइएका संरचना हटाउन प्राधिकरणको आग्रह

अतिक्रमण गरी बनाइएका संरचना हटाउन प्राधिकरणको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले  अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको हो ।

 उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र  विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको प्राधिकरणले जनाएको छ । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ ।

प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।