close

बाख्रा र कुखुराको खोर बनाउन गाउँपालिकाको अनुदान

बाख्रा र कुखुराको खोर बनाउन गाउँपालिकाको अनुदान

Trulli
ADVERTISEMENT

मकवानपुरको भीमफेदी गाउँपालिकाले कृषक तथा फार्म सञ्चालकलाई अनुदान दिने भएको छ । बुधबार गाउँपालिकाको पशु सेवा शाखाले एक सुचना जारी गर्दै  बाख्रा र कुखुराको खोर निर्माणको लागि अनुदान दिने जनाएको हो । 

बाख्राको खोर बनाउने कार्यक्रम अन्तर्गत गाउँपालिकामा १५ लाख रुपैयाँ स्वीकृत भएको छ । प्रति खोर गाउँपालिकाले दुई लाख रुपैयाँ अनुदान दिने जनाएको छ । 

यस्तै कुखुराको खोर अन्तर्गत दश लाख रुपैयाँ गाउँपालिकामा स्वीकृत भएको छ । त्यसमध्ये प्रतिखाोर दुई लाख रुपैयाँ गाउँपालिकाले अनुदान दिने निर्णय गरेको हो ।

कृषक तथा फार्म सञ्चालकले कुखुरा र बाख्राको खोरमध्ये एउटामा मात्र अनुदान पाउन सक्ने गाउँपालिकाले जनाएको छ ।

सुचना जारी भएको १५ दिनभित्र गाउँपालिकाले तोकेको आवश्यक कागजातसहित वडा कार्यालयमा आवेदन पेश गर्न अनुरोध गरेको छ ।