close

कार्यक्रम माग गर्न जहदाको अनुरोध

कार्यक्रम माग गर्न जहदाको अनुरोध

Trulli
ADVERTISEMENT

मोरङ । जहदा गाउँपालिकाले कार्यक्रम माग गर्न स्थानीयलाई अनुरोध गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै कार्यक्रम माग गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, सहकारी संस्था तथा फार्मले माघ २२ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रमबाट अनुदानमा च्याफ कटर वितरण गर्ने जनाइएको छ । आवश्यक कागजातसहित आवेदन दिएका व्यक्तिलाई कार्यक्रममा सहभागी गराउने गाउँपालिकाले जनाएको छ ।