close

मोदीमा लोकसेवाको निःशुल्क कक्षाका लागि आवेदन माग

मोदीमा लोकसेवाको निःशुल्क कक्षाका लागि आवेदन माग

Trulli
ADVERTISEMENT

पर्वत । मोदी गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको लगानीमा नायब सुब्बा र खरिदार पदको लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार आर्थिक वर्ष २०७९/०८० को विशेष अनुदानको बार्षिक कार्यक्रममाफर्त कक्षा सञ्चालन गर्न लागेको हो । गाउँपालिकामा आर्थिक र सामाजिक रुपमा विपन्न तथा महिलालाई निःशुल्क कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

लोकसेवा कक्षामा सहभागी हुनका लागि न्यूनतम योग्यता पुगेका व्यक्तिले आगामी ७ दिनभित्र गाउँपालिकामा आवेदन दिनु पर्ने जनाइएको छ ।  इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।