close

कुकुरलाई जथाभावी दिसा पिसाब नगराउन महानगरको निर्देशन

कुकुरलाई जथाभावी दिसा पिसाब नगराउन महानगरको निर्देशन

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीय क्षेत्रलाई सफा र सुन्दर राख्न अनुरोध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै स्मार्ट सिटीको रुपमा स्थापना गर्नका लागि अनुरोध गरेको हो । 

महानगरपालिकाका अनुुसार हरियाली सहितको सफा र सुन्दर शहर बनाउने अभियान सञ्चालन गरिएको छ । तर सो अभियानविरुद्ध घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्कमा गराउने पाइएको महानगरपालिकाले जनाएको छ । 

सो कार्यले वातावरण फोहोर हुनुका साथै मानव शरीरमा समेत नकरात्मक असर पर्दै आएको महानगरपालिकाले उल्लेख गरे । सो कार्य नगर्न महानगरपालिकाले अनुरोध गरेको हो । 

पुन सो कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने महानगरपालिकाले जानकारी दिएको छ ।