close

बेरोजगार फारम उपलब्ध गराउन पोखरीयाको निर्देशन

बेरोजगार फारम उपलब्ध गराउन पोखरीयाको निर्देशन

Trulli
ADVERTISEMENT

पर्सा । पोखरीया नगरपालिकाले बेरोजगार फारम उपलब्ध गराउन वडा कार्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै दर्ता भएका बेरोजगार फारम उपलब्ध गराउन निर्देशन दिएको हो । 

नगरपालिकाको अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरुले दर्ता गराएका रोजगार सूचना प्रणालीमा प्रविष्ट गर्नको लागि सो निर्देशन दिएको हो । दर्ता भएका फारामहरुबीच छानबिन गरी वडाध्यक्षहरुको सिफारिसमा दर्ता अनुरोध गरिएको हो । 

सूचना प्रकासित भएको ३ दिनभित्र सो फाराम बुझाउन अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।