close

सुनकोशीमा १२ किसान सहजकर्ता माग

सुनकोशीमा १२ किसान सहजकर्ता माग

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले करार सेवामा किसान सूचीकरण सहजकर्ता माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै  करार सेवामा किसान सूचीकरण माग गरेको हो । 

गाउँपालिकाको वडा नम्बर ५, ६  र ७ वडामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले करार सेवामा माग गरिएको हो । योग्यता पुुगेका व्यक्तिले चैत्र १२ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार १२ जना सहजकर्ता माग गरिएको हो । १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।