close

भोजपुरले नि:शुल्क सिपमुलक तालिम सञ्चालन गर्ने

भोजपुरले नि:शुल्क सिपमुलक तालिम सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

भोजपुर। भोजपुर नगरपालिकाले नि:शुल्क सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ। 

नगरपालिका र ग्रामिण उद्यम विप्रेषण आयोजनाको साझेदारीमा निशुल्क सिपमुलक तालिम सञ्चालन हुन लागेको हो। मोबाइल फोन मर्मत प्राविधिक, कम्प्युटरर हार्डवेयर प्राविधिक, सामुदायि कृषि सहायक प्राविधिक, सामुदायिक पशु  सहायक प्राविधिक, बेमौसमी तरकारि उत्पादन , सहायक व्युटिसियन, विल्डिङ इलेक्ट्रिसियन, जुनियर पोल्ट्रि प्राविधिक, टेलरिङ, जुनियर प्लम्बिङ सम्बन्धी तालिम सञ्चालन गर्न लागेको हो। 

तालिममा सहभागी हुन इन्छुक १८ देखि ४० वर्ष उमेर समुहका व्यक्तिले नागरिकता सहित आप्रवासी स्रोत केन्द्र भोजमुरमा सम्पर्क राख्न नगरपालिकाले अनुरोध गरेको छ।