close

घर टहरा हटाउन गाउँपालिकाको अनुरोध

घर टहरा हटाउन गाउँपालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

सिन्धुली। सुनकोशी गाउँपालिकाले घर टहरा हटाउन अनुरोध गरेको छ। पालिकाले मंगलबार एक सुचना जारी गर्दै सुकुटे–कालिका सडक खण्डका सडक निर्माण क्षेत्रमा रहेका घर टहरा हटाउन अनुरोध गरेको हो। 

प्रदेश सरकारको वार्षिक स्विकृत कार्यक्रम अनुसार उक्त सडक खण्डको लागि बजेट विनियोजन भई ठेक्का प्रक्रियाबाट सडक स्तरोन्नतिको काम अघि बढेको जनाइएको छ। सडक निर्माण क्षेत्रमा भएको टहराले सडकको काममा बाधा पुर्याउने भएकाले सात दिनभित्र टहरा हटाएर सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ।