close

अटो रिक्सा दर्ता र नविकरण गर्न पाँचखालको निर्देशन

अटो रिक्सा दर्ता र नविकरण गर्न पाँचखालको निर्देशन

Trulli
ADVERTISEMENT

पाँचखाल । पाँचखाल नगरपालिकाले अटो रिक्साको दर्ता र नविकरण गर्न अनुरोध गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार यातायात समिति र अटो रिक्सा सञ्चालक व्यवसायीको संयुक्त बैठकले सो निर्णय गरेको हो । सोही निर्णय बमोजिम चैत्र ३० गतेभित्र नविकरण तथा दर्ता गर्न अनुरोध गरिएको जनाइएको छ । 

आवश्यक कागजातसहित आवेदन दिएर अटो रिक्साको दर्ता तथा नविकरण गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।