close

फलफूलको विरुवा माग गर्न अठराईको अनुरोध

फलफूलको विरुवा माग गर्न अठराईको अनुरोध

Trulli
ADVERTISEMENT

तेह्रथुम । आठराई गाउँपालिकाले प्रस्ताव माग गर्न अनुरोध गरेको  छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रस्ताव माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार फलफूलको वीउ तथा विरुवा खरिद कार्यक्रममा २० प्रतिशत लागत साझेदारीमा प्रस्ताव माग गर्न अनुरोध गरेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी, समूह तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको अनुसार सुन्तला, कागती, एभोकाडो, हलुवावेद र किवी फ्रूटको विरुवा माग गर्न सक्ने छन् । सो विरुवाको माग गर्नका लागि आवश्यक कागजात सहित प्रस्ताव माग गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।