close

दलित उत्थानको निमित्त सोच तथा क्षमता विकास तालिम

दलित उत्थानको निमित्त सोच तथा क्षमता विकास तालिम

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकाले दलित उत्थानको निमित्त सोच तथा क्षमता विकास तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै तालिम सञ्चालनबारे जानकारी दिएको हो । 

गाउँपालिाकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो तालिम सञ्चालन गर्न लागेको हो । महिला विकास शाखाद्धारा सञ्चालित सो तालिममा दलित समुदायका व्यक्तिले सहभागी जनाउन सक्ने जनाएको छ । 

शाखाकी सीता लामिछानेका अनुसार दलित समुदायको परम्परागत पेशाको उत्थान तथा आधुनिकीकरणका लागि सो तालिम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा दलित समुदायमा उद्यमी, जनप्रतिनिधि तथा व्यवसायीले सहभागी जनाउन सक्ने उनले बताइन । 

सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने उनले बताइन् ।