close

विषय विज्ञमा सूचीकृत हुन रामेछापको अनुरोध

विषय विज्ञमा सूचीकृत हुन रामेछापको अनुरोध

Trulli
ADVERTISEMENT

रामेछाप । रामेछाप नगरपालिकाले विषय विज्ञ सूचीमा सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा अस्थायी तथा करार शिक्षक नियुक्त गर्न विभिन्न परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले सदस्य प्रयोजनका लागि सूचीकृत हुन अनुरोध गरिएको हो । 

सामुदायिक विद्यालयमा स्थायी रुपमा कार्यरत शिक्षकले चैत्र ३० गतेसम्म आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । नियुक्तपत्रसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।