close

५० प्रतिशत अनुदानमा फलफूल वितरण गर्दै वीरेन्द्रनगर

५० प्रतिशत अनुदानमा फलफूल वितरण गर्दै वीरेन्द्रनगर

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै अनुदानमा फलफूलको विरुवा वितरण गर्ने जनाएको हो । 

सूचना अनुसार नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप विरुवा वितरण गर्न लागेको हो । गाउँपालिकाले अनुदानमा कागतीको विरुवा वितरण गर्न लागेको जनाइएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा सहकारी संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस, सहकारी संस्थाको निर्णय  लगायतको कागजातसहित जेठ २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।