close

गर्मी बढेसँगै विहानी कक्षा सञ्चालन

गर्मी बढेसँगै विहानी कक्षा सञ्चालन

Trulli
ADVERTISEMENT

मकवानपुर । मनहरी गाउँपालिकाले विहानी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा पछिल्लो समय गर्मी बढेसँगै पालिकाभित्रका विद्यालयमा विहानी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । 

गाउँपालिले एक सूचना जारी गर्दै विहानी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो । सूचना अनुसार गर्मीले गर्दा विद्यालयका विद्यार्थी विरामी पर्न थालेको र सोका कारण पठनपाठन प्रभावित भएको गुनासो आउन थालेको छ । 

गुनासो बढेसँगै विद्यालय र स्थानीय जनप्रतिनिधिको बैठकबाट विहानी कक्षा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । आइतबारदेखि विहान ५:४५देखि १०:३० बजेसम्म कक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।