close

भरतपुर महानगरमा घरको फोहर घरमै व्यवस्थापन गर्ने प्लान्ट

भरतपुर महानगरमा घरको फोहर घरमै व्यवस्थापन गर्ने प्लान्ट

Trulli
ADVERTISEMENT

चितवन । घरको फोहर घरमै व्यवस्थापन गर्ने प्लान्टबारे भरतपुर महानगरपालिकामा प्रस्तुतीकरण गरिएको छ ।

मंगलबार काठमाडौँ विश्वविद्यालयका प्रा.डा. भिमप्रसाद श्रेष्ठले भरतपुर महानगरपालिकाकी प्रमुख (मेयर) रेनु दाहाललाई उक्त पद्धतीका बारेमा जानकारी गराएका छन् ।

इजरायली जैविक फोहर व्यवस्थापन पद्धतीअनुसार निर्माण गरिएको प्लान्टलाई घरमा उत्पादन भएको फोहरलाई घरमै सहजै व्यवस्थापन गर्न सकिन्छ ।

यो प्लान्टबाट मिथेन ग्याँस उत्पादन हुने भएकाले चक्रीय प्रणाली अनुसार यसबाट फाइदा लिन सकिने डा. श्रेष्ठले बताए ।

भान्छाको फोहरबाट निस्किएको ग्याँसबाट भान्छामै खान पकाउन सकिने, कम्पोष्ट मल निस्किने र प्लाष्टिकजन्य फोहर वर्गिकरणमा समस्या नहुने उनले बताए ।

एक महिने परीक्षणका लागि महानगर परिसरमा यसको प्रयोग सुरु गरिएको छ । अबको २२ दिनपछि प्लान्टबाट मिथेन ग्याँस उत्पादन हुन सुरु हुन्छ । मिथेन ग्याँस निर्माण गर्न गोबर वा कुखुराको सुली पनि प्रयोग गर्नुपर्छ ।