close

चन्द्रागिरीमा नि:शुल्क वाई फाई जडान सुरु

चन्द्रागिरीमा नि:शुल्क वाई फाई जडान सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नगरको अधिकांश क्षेत्रमा निस्शुल्क वाई फाई जडान कार्य सुरु गरेको छ । नगरपालिकाले पालिकाभित्रका विभिन्न सार्वजनिक स्थलमा वाइफाई जडान गर्न थालेको हो । 

कलंकी नागढुंगा पीपलामोड सडक खण्डको मुख्य मुख्य चोकहरुमा, नगरपालिकाको कार्यालयमा, वडा कार्यालयहरुमा तथा प्रत्येक वडाको मुख्य मुख्य चोक र सार्वजनिक स्थलहरुमा नि:शुल्क वाई फाई जडान हुदैं गरेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । आगामी आर्थिक वर्षमा थप मुख्य सडकहरु र वडाका थप स्थानहरुमा पनि निस्शुल्क वाई फाई जडानको कार्यले निरन्तरता पाउने उनले बताए । 

 नगरपालिकाले केही समयमानै संचालनमा ल्याउँदै गरेको जी पी एस र जी आइ एस प्रणालीको नगर प्रोफाइल र सम्पूर्ण नगर र वडाबाट प्रदान गर्न लागिएको हो । अनलाइन सेवाको लागि पूर्वाधार स्वरूप यस नगरपालिकाले आ व ०७९/८० को नगर भरि निशुल्क वाई फाई जडान गर्न बजेट विनियोजन गरेकोमा टेन्डर प्रक्रिया मार्फत जडान कार्य भएको उनले बताए ।

 नगरपालिकाको अधिकांश स्थानहरुमा सीसीटिभी जडान गर्ने कार्य पनि केही दिनमा नै सुरु गरिने उनले बताए ।