close

वन्यजन्तुलाई 'लभ' पोखरी !

वन्यजन्तुलाई 'लभ' पोखरी !

Trulli
ADVERTISEMENT

प्युठान । गौमुखी गाउँपालिकामा पानको पात आकारको पोखरी निर्माण भएको छ । गाउँपालिका-४ मा निर्माण भएको उक्त पोखरी साँढे दुई लाखमा निर्मााण गरिएको गाउँपालिकाले जननएको छ । 

दुई लाख रुपैयाँ नगद र ५० हजार बराबरको श्रमदानबाट निर्माण भएको पालिका अध्यक्ष विष्णुकुमार गिरीले पालिका खबरलाई बताए । 

पर्या पर्यावरण प्रवर्द्धनको लागि रिचार्ज पोखरीको निर्माण गरिएको उनले बताए । ‘जैविक सन्तुलन गर्न पानीको स्रोतको आवश्यकता हुन्छ । अब वनमा चर्न आएका पशु चौपाया तथा वन्यजन्तुले पोखरीको पानी पिउन पाउँछन् ।’ उनले पालिका खबरलाई टेलिफोन सम्पर्कमा भने । 

सडक बाटो नजिकै भएकाले सुन्दरता बढाउन पनि यसले मद्दत गर्नेछ । गाउँपालिकाको गौमुखी वन संरक्षण कार्यक्रम रहेको छ । यही कार्यक्रम अन्तर्गत रहेर जिल्ला वन कार्यलयको समन्वयमा उक्त पोखरी बनेको हो । 

पोखरी ठूलो चौरमा बनेको छ । यसलाई थप आकर्षण बनाउन यस वर्ष प्रदेश सरकारले १० लाख सहयोग छुट्याएको उनले बताए । पोखरीमा बेन्च राख्ने र पिकनिक स्पट बनाउने तथा भलिबल मैदान गाउँपालिकाको योजना छ ।