close

दीगो विकासका लागि नागरिक सक्रिय हुनुपर्छ : नगरप्रमुख त्रिपाठी

दीगो विकासका लागि नागरिक सक्रिय हुनुपर्छ : नगरप्रमुख त्रिपाठी

Trulli
ADVERTISEMENT

काठमाडौं । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली सेनासँगको सहकार्यमा बाइसे चौबिसे राज्यको पालामा सेन वंशीय राजाले सुरक्षा पोष्टका रुपमा प्रयोग गरेको दोरदोरकोट गढीलाई पर्यटकीय स्थलको रुपमा विकासका लागि प्रक्रिया अघि बढाएको बताएका छन् । 

शनिबार पालिकाखबरसँगको टेलिफोन संवादका क्रममा उनले सो ठाउँको विकासका लागि रुरु दल भैरव गणसँग आवश्यक सहकार्यका लागि  छलफल भई र नगरबाट गर्नुपर्ने सिफारिसलगायत प्रक्रिया अघि बढाएको जानकारी दिए । 

यो पुरानो गढी भएको, र गणतन्त्र स्थापना हुनु पूर्वसम्म चौतारियालाई भत्ता दिएर यस ठाउँको संरक्षण गरेको उनले बताए ।उनले भने, ‘ गणतन्त्र स्थापना हुनुपूर्वसम्म यहाँ चौतारियालाई भत्ता दिइन्थ्यो । तत्कालीन सरकारबाट भत्ता लिने अन्तिम व्यक्ति चित्रबहादुर शाह हुन् ।’

नगरपालिकाले गढीलाई व्यवस्थित बनाइ नेपालको राष्ट्रिय झन्डा राख्ने योजना बनाएको नगरप्रमुख त्रिपाठीले बताए । 

उनका अनुसार पहिले सो ठाउँमा ठूलो बस्ती रहेको,तर अहिले २६ परिवार मात्रै रहेको बताउँदै उनले आफूले त्यहाँको बस्ती विस्तार गर्ने बताए ।

उनले भने, ‘यस स्थललाई पर्यटकीय स्थल बनाउने मेरो लक्ष्य छ । गाउँबाट सहरतिर मानिस झर्ने क्रम बढिरहेको छ । मेरो प्रयास गाउँबाट सहरतिर मानिसको बासोवास सर्ने नभई सहरबाट गाउँ बसोबास सार्नेमा हुनेछ । यो ठाउँलाई पर्यटकीयस्थलको रुपमा विकास गरी आर्थिक चहलपहल बढाउने ध्येय छ ।’

सरकार मात्रै एकोहोरो रुपमा लागेर दीगो विकास हुन नसक्ने बताउँदै उनले दीगो विकासका लागि नागरिकलाई सक्रिय हुनुपर्ने बताए ।

गढीबाट बन्दीपुर, माछापुच्छ्रेे, धौलागिरि, गणेश, मनास्लु तथा मानाङका सबै हिमाल र गोरखा दरबार देखिने उनले जानकारी दिए । मुख्यतया: चैते दसैँमा यहाँ मेला लाग्ने उनले जानकारी दिए । 

डुम्रेबाट १० किमि उत्तरतर्फ रहेको यस स्थलमा डुम्रेबाट भन्सार प्रगति भानुजन्मस्थल, तुरतुरेको धरादीबाट यस स्थलमा पुग्न सकिने उनले बताए । 

यस्तै, रुरु भैरव गण दलका गणपति प्रमुख सेनानी हिमाञ्चलजंग शाहले स्थानीयको सहकार्यमा गढीको संरक्षण गर्ने बताए ।