close

पोखरामा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिँदै

पोखरामा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिँदै

Trulli
ADVERTISEMENT

कास्की। पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रवार शिलान्यास गरेका हुन्। 

पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताए। ‘यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ’, प्रमुख आचार्यले भने, ‘त्यस स्थानमा जुन देशको झन्डा राख्ने हो सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिनेछ, र बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहनेछ ।’ यसमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा फहराइने उनले बताए। 

यसलाई सिकाइको केन्द्रका रूपमा समेत विकास गरिने उनले बताए। ‘यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्था हुनेछ। यो केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।’ उनको अनुसार यसको आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइनेछ ।

संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी पार्कको डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनी सर्गले जनाएको छ । पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरुले  ७० लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछन् ।

झन्डा पार्क ४५ दिनमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।  महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण हुनेछ ।