close

तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपालमा अहिले पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

शनिबार दिउँसो प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको  सम्भावना छ।