close

पश्चिमी वायुको प्रभाव : चिसो बढ्दै

पश्चिमी वायुको प्रभाव : चिसो बढ्दै

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपालमा पश्चिमी वायुको हल्का प्रभाव रहेको हुँदा मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा र बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार भने देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहने छ।

वर्षा र हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले भनेको छ।