close

डडेल्धुराका स्थानीय तहमा १८ करोड बेरुजु

डडेल्धुराका स्थानीय तहमा १८ करोड बेरुजु

Trulli
ADVERTISEMENT

डडेल्धुरा - डडेल्धुराका स्थानीय तहले गर्ने खर्च पारदर्शी नभएको देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार डडेल्धुराका ७ स्थानीय तहको १८ करोडभन्दा बढी बेरुजु देखिएको छ ।


गत आर्थिक वर्ष ०७६/७७ मा जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकामा उक्त बेरुजु देखिएको हो । 


७ वटै स्थानीय तहको बेरुजु १८ करोड २७ लाख ८ हजार रुपैयाँ छ । त्यसमध्ये भागेश्वर गाउँपालिकाको मात्रै ५ करोड ४५ लाख ११ हजार बेरुजु रहेको छ । यो कुल लेखापरीक्षण रकमको ८.७८ प्रतिशत  हो । 


जिल्लाका ७ वटै स्थानीय तहमध्ये भागेश्वर गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ भने सबैभन्दा कम अमरगढी नगरपालिकाको छ ।


अमरगढी नगरपालिकाको ०.७१ प्रतिशत रकम बेरुजु छ । नगरपालिकाको ४९ लाख ८८ हजार रुपैयाँ बेरुजु छ । आलिताल गाउँपालिकाको ४ करोड ३४ लाख ७९ हजार रुपैयाँ बेरुजु रहेको छ । यस्तै, आलितालको बेरुजु प्रतिशत ६.१६ छ ।


परशुराम नगरपालिकाको ३ करोड ७० लाख ९९ हजार बेरुजु छ । नवदुर्गा गाउँपालिकाको २.४९ प्रतिशत रकम बेरुजु छ ।  

 

नवदुर्गाको १ करोड ८२ लाख, ९७ हजार, अजयमेरु गाउँपालिकाको १ करोड ४९ लाख २५ हजार बेरुजु रहेको छ । गन्यापधुरा गाउँपालिकाको ९४ लाख ९ हजार रुपैयाँ बेरुजु छ ।