पालिका खबर मिडिया हाउस प्रा.लि. का अध्यक्ष शिव अधिकारी दुई दशकदेखि पत्रकारिता क्षेत्रसँग आबद्ध हुनुहुन्छ ।
३ दशक लामो पत्रकारिताकाे अनुभव संगालेका पत्रकार पाण्डे पालिका खबर मिडिया हाउस प्रा.लि. को प्रधान सम्पादकका साथै समाचार तथा कार्यक्रम निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।
पालिका खबर मिडिया हाउस प्रा.लि. को निर्देशक करिष्मा कार्कीले व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ । पालिका खबरको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी निर्देशक कार्कीले बहन गर्नुभएको छ ।
पत्रकारितासँगै सञ्चारमाध्यम व्यवस्थापनमा दुई दशकभन्दा लामो अनुभव सगाल्नु भएका जनकराज पण्डित पालिका खबर मिडिया हाउस प्रा.लि. मा कार्यकारी निर्माता एवं जनसम्पर्क तथा प्रवर्धन विभागको उपनिर्देशकका रुपमा महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ ।
पालिका खबर मिडिया हाउस प्रा.लि. को उपनिर्देशक सुशिल श्रेष्ठ व्यवस्थापन, योजना, मूल्यांकन, मानव संसाधन लगायतका क्षेत्रमा करिव २ दशकदेखि सक्रिय हुनुहुन्छ । उपनिर्देशक श्रेष्ठ पालिका खबरको योजना, मूल्यांकन, अनुगमन तथा गुणस्तर परिक्षण विभागको नेतृत्व गर्नुहुन्छ ।