close

आन्तरिक राजस्व कार्यालय बागलुङले कमायो १ अर्ब ३५ करोड

आन्तरिक राजस्व कार्यालय बागलुङले कमायो १ अर्ब ३५ करोड

Trulli
ADVERTISEMENT

बागलुङ– आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक राजस्व कार्यालय बागलुङले १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ कर राजस्व संकलन गरेको छ । यो रकम कार्यालयको लक्ष्यभन्दा ५७ दशमलव २६ प्रतिशत बढी हो ।

 

कार्यालयले ८६ करोड २० लाख संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले आयकरमा ४८ दशमलव ७७ प्रतिशत बढी कर संकलन गरेको प्रमुख कर अधिकृत जनकराज शर्माले बताए ।

 

उक्त प्रतिशतअनुसार ७९ करोड ७ लाख ९१ हजार कर संकलन भएको थियो । बहाल करमा ११ दशमलव ४७ प्रतिशतले २ करोड ५० लाख ७७ हजार र ब्याजकरमा १७ दशमलब ३४ प्रतिशतले ९ करोड ६७ लाख ५७ हजार राजस्व संकलन गरेको हो ।

 

कार्यालयले मूल्य अभिवृद्धि करमा ९८ दशमलव ३५ प्रतिशत अर्थात २ करोड ४० लाख ९३ हजार रुपैयाँ कर संकलन गरेको थियो । लक्ष्यभन्दा बढी राजस्व संकलन हुँदा बस्यौतासमेत २१ करोड ५४ लाख रुपैयाँ असुली भएको हो ।

 

तीमध्ये बक्यौता राखेका व्यवसायीमध्ये एउटै व्यवसायीले ५ करोड रुपैयाँसम्म कर बुझाएका छन् ।  बक्यौता उठाउने क्रमले राजस्व संकलनमा उल्लेख्य प्रगतिसमेत भएको उनले बताए ।

 

आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ४ सय ४० जना व्यावसायिक करदाता थपिएका छन् । त्यस्तै, ४ हजार ९ सय १२ जना व्यक्तिगत करदाता थपिएका हुन् ।
यीमध्ये २ सय १ जना मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भएका छन् भने १ सय ५० जना अन्तःशुल्कमा समेत थपिएका छन् । 

 

१ वर्षमा कार्यालयले ७ हजार ३८ जना करदाताको विवरण अद्यावधिक गरिएको थियो । त्यस्तै, १ हजार १ सय ५३ जनाको बायोमेट्रिक रजिस्ट्रेसन र १० वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन भएको शर्माले जानकारी दिए । 

 

यो विषयमा १ सय ८२ करदाताको अनुगमन गरेर ३ लाख ५ हजार जरिमानासमेत गरिएको बताइएको छ ।